हेटौँडा, हेटौँडा उपमहानगरपालिका–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन इङ्लिस स्कूलको २६औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
भेलामा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। साथै विद्यार्थीहरुले नाटक, कमिक्स र नृत्य प्रस्तुत गरी कार्यक्रममा थप आकर्षण थपेका थिए। कार्यक्रममा वडा सदस्य मुना विक, विजय पौडेल, शिक्षाविद् बद्रीबहादुर पाठक, विद्यालयका पूर्व अध्यक्ष बासुदेव अधिकारी, प्रबन्ध सञ्चालक रामहरि चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, विद्यालय सञ्चालक समिति सदस्य, अभिभावक तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।
मकवानपुर जिल्लाको पूर्वी क्षेत्रको शैक्षिक गहनाका रूपमा स्थापित यस विद्यालयमा करिब ८ सय विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल अरुण पराजुलीले जानकारी दिए ।






