हेटौंडा/हेटौंडा १७ नम्वर वडाले उपमेयर कप भलिबल प्रतियोगितामा विजयी भएका खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा सञ्चालन भएको चौथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाको उपाधी वडा नम्वर १७ ले जितेको थियो।
विजयी भएका १७ नम्वर टीमका पुरुष तथा महिला खेलाडीलाई वडाले प्रति खेलाडी नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको थियो । हेटौंडा १७ नम्वर वडा अध्यक्ष उद्दव सत्यालको अध्यक्षतामा भएको कार्यक्रममा अङ्गारेश्वर डेरीका प्रमुख गोविन्द नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा १७ नम्वर वडा सदस्य उर्मिला चुनारा, समाजसेवी सुदिप अर्याल, नगर भलिबल सघका उपाध्यक्ष बिष्णु तिमल्सिना, भलिबल सघका जिल्ला सदस्य कमल बिडारी, नगर भलिबल सघका सचिव त्रिबिक्रम रुपाखेतीलगायतको आतिथ्यता रहेको थियो ।