हेटौंडामा भेट्रान्स भलिबल प्रतियोगिता सुरु

हेटौंडा, असोज ३ गतेबाट हेटौंडाको हुप्राचौरमा मकवानपुर जिल्लामा पहिलो पटक जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको छ । आज भएको पहिलो खेलमा हटिया स्पोर्टस् क्लबलाई २५–१६ र २५–१६ को सोझो सेटले पराजित गर्दै मकवानपुरगढी भेट्रान्स विजयी भएको छ ।

ADVERTISEMENT

आज भएको दोस्रो खेलमा छहारी युवा सेवा समाज विजयी भएको छ । कैलाश गाउँपालिकालाई २५–१२ र २५–१९ को सोझो सेटले पराजित गर्दै छहारी विजयी भएको हो । यसैगरी आज भएको तेस्रो खेलमा भीमफेदी गाउँपालिका विजयी भएको छ । पञ्चशिल युवा क्लवलाई २५–१० र २५–१६ को सेटले पाखा लगाउँदै भीमफेदी गाउँपालिका विजयी भएको हो । आज भएको तेस्रो खेलमा मकवानपुर गढी भेट्रान्स विजयी भएको छ । थाहा नगरपालिकालाई २६–२४, २१–२५ र १५–१० सेटले हराउँदै मकवानपुरगढी विजयी भएको हो ।

त्यसैगरी आज भएको पाचौँ खेलमा कैलाश गाउँपालिका नारायणी कलेजसँग सोझो सेटमा पराजित भएसँगै कैलाश प्रतियोगिताबाट बाहिरिएको छ । कैलाश नारायणीसँग २५–१३ र २५–१५ को सेटले पराजित भएको हो । आज भएको छैठौ खेलमा पञ्चशिल युवा क्लबलाई २५–१५ र २५–१६ ले पराजित गर्दै राक्सिराङ गाउँपालिका विजयी भएको छ । प्रतियोगिताबाट पञ्चशिल युवा क्लब पनि बाहिरिएको छ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजनामा भएको प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न । प्रतियोगितामा उत्कृष्ट सेटर, स्पाईकर र खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *