पशुपतिनाथ माविले भोलि विद्यार्थीलाई साइकल बितरण गर्ने

हेटौंडा, /मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविले भोलि बिहीबार विद्यालयका विद्यार्थीहरुलाई साइकल वितरण गर्ने भएको छ । वडा दशैँ, शुभदीपावली तथा छठ पर्वको अवसरमा एक महिना विद्यालय बिदा हुने भएकोले बिदा अगाबै साइकल बितरण गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ । साइकल चलाउन नजान्ने विद्यार्थीले चलाउन सिक्ने समय पनि एक महिना भन्दा बढी पाउने छन् ।

बिहीबार सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा साइकल बितरण गर्ने तयारी भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले जानकारी दिएका छन् । मनहरी गाउँपालिका, ४ नं. वडा कार्यालयको गत आवको कार्यक्रमबाट १० लाख रुपैयाँ बिनियोजन गरी एक सय १५ थान साइकल खरिद गरिएको वडाअध्यक्ष प्रकाश थापाले बताए ।
विद्यालयमा अध्ययन गर्न एक घण्टा भन्दा बढी समय पैदलयात्रा गर्नुपर्ने कक्षा ६ देखि १० सम्मका एकसय १५ जनाले साइकल पाउदैछन् ।

विद्यालयले बस संचालन गर्ने तयारी गरेपनि बस संचालन गर्ने स्रोत सुनिश्चित हुन नसकेपछि साइकल बितरण गर्ने तयारी थालेको विब्यस अध्यक्ष गौतमले बताए । विद्यालयले साइकल बितरणसम्बन्धी कार्यबिधि बनाएर विब्यस बैठकबाट पारित गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button