पशुपतिनाथ माविले भोलि विद्यार्थीलाई साइकल बितरण गर्ने

हेटौंडा, /मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविले भोलि बिहीबार विद्यालयका विद्यार्थीहरुलाई साइकल वितरण गर्ने भएको छ । वडा दशैँ, शुभदीपावली तथा छठ पर्वको अवसरमा एक महिना विद्यालय बिदा हुने भएकोले बिदा अगाबै साइकल बितरण गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ । साइकल चलाउन नजान्ने विद्यार्थीले चलाउन सिक्ने समय पनि एक महिना भन्दा बढी पाउने छन् ।

ADVERTISEMENT

बिहीबार सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा साइकल बितरण गर्ने तयारी भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले जानकारी दिएका छन् । मनहरी गाउँपालिका, ४ नं. वडा कार्यालयको गत आवको कार्यक्रमबाट १० लाख रुपैयाँ बिनियोजन गरी एक सय १५ थान साइकल खरिद गरिएको वडाअध्यक्ष प्रकाश थापाले बताए ।
विद्यालयमा अध्ययन गर्न एक घण्टा भन्दा बढी समय पैदलयात्रा गर्नुपर्ने कक्षा ६ देखि १० सम्मका एकसय १५ जनाले साइकल पाउदैछन् ।

विद्यालयले बस संचालन गर्ने तयारी गरेपनि बस संचालन गर्ने स्रोत सुनिश्चित हुन नसकेपछि साइकल बितरण गर्ने तयारी थालेको विब्यस अध्यक्ष गौतमले बताए । विद्यालयले साइकल बितरणसम्बन्धी कार्यबिधि बनाएर विब्यस बैठकबाट पारित गरेको बताइएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya