हेटाैडा, हेटाैडा ६ चाैघडा निवासी स्वास्थ्यकर्मी तथा समाजसेवी राजु गुरुङले आफनााे जन्मदिन हेटाैडामा रहेकाे मानवसेवा आश्रममा मनाएका छन । गुरुङले मानवसेवा आश्रममा आश्रित २ सय ३० जनालाई न्यानाे कपडा र १ छाक खाना खसवाएर जन्मदिन मनाएका हुन ।

कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले बृद्वबृद्वाकाे सेवा नै मानवकाे सबैभन्दा ठूलाे सेवा भएकाे बताइन् । राजु गुरुङले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएर पुण्य कमाएकाे बताउदै मन्त्री मुक्तानले सामाजिक विकास मन्त्रालयले मानवसेवा आश्रमलाई सदैव सहयाेग गर्ने प्रतिबद्वता ब्यक्त गरिन् ।
साे अवसरमा गुरुङले भविष्यमा समेत मानवसेवा आश्रमलाई सहयाेग गर्ने बताए । गुरुङले अशक्त, अपांग , खेलकुद, शिक्षा लगायतकाे क्षेत्रमा समेत सहयाेग गर्दै आएका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणीराज गाैतम, आश्रमकी उपाध्यक्ष उमा भण्डारी, सञ्चारकर्मी भीमसेन पाैडेल , स्थानीय केदार अधिकारी , सुदर्शन थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।







