हेटौंडामा दुईदिन प्रदेश युवा सम्मेलन

हेटौंडा, हेटौंडामा दुई दिन प्रथम प्रदेश युवा सम्मेलन हुने भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा आगामी असार ११ र १२ गते हेटौंडामा प्रदेश युवा सम्मेलन हुन लागेको हो । हेटौंडामा प्रदेश युवा सम्मेलन आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

ADVERTISEMENT

प्रदेशका १३ वटै जिल्लाबाट समावेशी अवधारणा अनुसार युवाको सहभागिता हुने गरी सम्मेलन गरिने र्न लागिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउँदै नवप्रवर्तन, उद्यमशिलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको अयोजना गर्न लागिएको उनले बताए । बागमती प्रदेशका सामाजिक विकास मन्त्री एवम् प्रदेश युवा परिषद्का अध्यक्ष कुमारी मुक्तानले यस प्रदेशमा युवाहरुलाई अघि बढाउन विभिन्न कामहरु गरिएको दावी गरिन् । समावेशी तरिकाले काम गर्ने गरी यो सम्मेलन गर्न लागिएको उनको भनाई छ । सम्मेलनलाई प्रभावकारी बनाउनका सबै क्षेत्रको उत्तिकै सहयोग आवश्यक रहेको मोक्तानले ताइन् । दुईदिने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ ।

युवा सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन् । सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठी, सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टीकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछन् ।

उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा. सुयश कार्की र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नेछन् । सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले सहजीकरण गर्ने बताइएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *