किसान महासंघले रोप्यो हरेलो

हेटौंडा, अखिल नेपाल किसान महासंघको आयोजनामा हरितालिका तीज चौथीको दिन हरियालो रोप्ने कार्य भएको छ । आज हेटौँडा १७ लक्ष्मीपुरमा लक्ष्मण खुलालको खेतमा हरेलो रोपिएको हो ।

हरेलोको रूपमा भलायोको हाँगा खेतको बीचमा रोपेर, हाँडि झुड्याउने र हाँडिमा भुस हाल्ने, भुसमा आगो लगाएर धुँवा उडाउने र हरेलोको वरिपरि मास छर्दा धानमा लाग्न सक्ने विभिन्न रोग नलाग्ने, धानलाई मुसा, किराबाट बचाउने बैज्ञानिक मान्यता रहेको स्थानीय किसान भैरव राईले बताए। यस्तो परम्परा राई समुदायबाट शुरू भएको र पछि अन्य समुदायले पनि हरिलो रोप्ने गरेको राईले बताए । अर्का स्थानीय किसान कुवेरप्रसाद खतिवडाले २०५८ सालसम्म आफैँले रोपेको र बिस्तारै यो परम्परा हराउदै गएको बताउनु भयो । उहाँले खेतको मूल फाँटमा हरेलो रोपेर पूजा गर्ने परम्परा रहेको बताए। नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले यस्ता परम्परागत मान्यताहरू साँस्कृतिक रूपमा मात्र होईन बैज्ञानिक मान्यताहरू रहेकोले साँस्कृतिको संरक्षण गर्दै यसबारे थप खोज अनुसन्धान हुनुपर्नेमा जोड दिए।

अखिल नेपाल किसान महासंघका बाग्मती प्रदेश कमिटीका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य कमल विष्ट, जिल्ला सचिव नवीन सिग्देल, जिल्ला सदस्य कृष्ण राई, पार्टी वडा अध्यक्ष लक्ष्मण खुलाल, क्यूपेक नेपालका जिल्ला अध्यक्ष प्रल्हाद राईलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button