हेटौंडा, थाहा आन्दोलनका प्रणेता दिवङ्गत रुपचन्द्र बिष्ट ‘रुदाने’को ९१ औं जन्म जयन्ती तथा थाहा दिवस बिविध कार्यक्रम गरि मनाइएको छ। थाहा नगरपालिका वडा न ३ को आयोजना तथा फरक सोचको समन्वयमा शिखरकोटमा रहेको बिकास घरको प्रागणमा कार्यक्रमको आयोजना गरिएको हो।
वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता र नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा रुपचन्द्र बिष्ट संगै सहकर्मी भएर हिँडेका जनमुखी सहकर्मी हरुलाइ सम्मान तथा रुदानेको शालिकमा माल्यार्पण गर्दै जन्मजयन्ती मनाइएको थियो। कार्यक्रममा वक्ताहरुले थाहा आन्दोलनको मर्म र रुदानेको स्वाभाव बारे चर्चा गर्दै रुदानेको पथमा हिड्न र श्रम र जनता लाई प्रधानता दिई जनमुखी राजनिती गरेमात्र रुदाने प्रती सच्चा श्रदा हुने बताए। कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,रुपचन्द्र बिष्ट स्मारक स्थानिय समितीका संयोजक बिमल कुमार बिष्ट,जनमुखी सहकर्मी हरु ज्योती रायमाझी,प्रेम कुमार केसी,माओवादी थाहा नगर अध्यक्ष बिनोद कुमार लामा लगायतकाले रुदाने र थाहा दर्शनको बारेमा आफ्ना धारणा राखेका थिए।
यसै बिच बिगत बर्ष देखि फरक सोचले प्रदान गर्दै आइरहेको थाहा पत्रकारीता पुरस्कार थाहा नगरपालिकाका पत्रकार ममता थापा लाई प्रदान गरियो। अन्नपूर्ण पोष्टमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो। १० हजार नगद सहित सम्मानपत्र द्वारा नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख गोपालीले प्रदान गरे ।
फरकसोचका अध्यक्ष यादव जंग रायमाझीले स्वागत गरेको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी,जनमुखी सहकर्मी हरु तथा स्थानियको उपस्थिति रहेको थियो।






