स्थापना दिवसमा स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

हेटौंडा/हेटौंडा- १ मा रहेको अग्रगति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा विहीबार स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिका- १ मा रहेको श्री कालिका आधारभूत विद्यालयमै पुगी स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको हो ।

ADVERTISEMENT

सहकारीका अध्यक्ष बिकेशलाल श्रेष्ठले विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीलाई स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।सामग्रीमा विद्यालयलाई आवश्यक पर्ने कपी, कलम, फुटबल र भलिबल १/१ थान वितरण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। त्यस्तै, खाजा स्वरुप बिस्कुट ३ कार्टुन, चक्लेट ४ डिप्पा वितरण गरिएको छ ।

त्यस्तै विद्यालयलाई सामग्री वितरण पश्चात् अग्रगति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकेश लाल श्रेष्ठ, उपाध्यक्ष केदार प्रसाद अर्याल, सचिव पबित्रा दाहाल लगायत कार्यसमितिका पदाधिकारीहरुले पदभार ग्रहण गरेका थिए । सहकारीको दशैँ वार्षिक साधारणसभाबाट विकेशलाल श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *