हेटौंडा, हेटौंडा–६ मा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सोमबार हेटौंडामा भएको छ । संस्थाका अध्यक्ष रामहरी न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ६ नम्वर वडाध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामहरी न्यौपानेले संस्थागत प्रतिवेदन, संचालक खडानन्द चौलागाईंले ०८१/८२ को आर्थिक कारोबार प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक कुमारमणि दाहालले लेखा समिति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक एवं शिक्षाविद बद्रीबहादुर पाठक, संस्थापक कोषाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल, रानी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष केशव धिताल, नौलो विहानी कृषि सहकारी संस्थाका अध्यक्ष विष्णुबहादुर ढुंगाना लगायतले मन्तव्य गरेका थिए ।
साधारणसभामा हेटौडा ६ का वडा सदस्य मुना विक, लेखराज ढकाल, संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, मकवानपुर उधोग वाणिज्य संघ, बस्तुगत तर्फका सचिव नेत्रप्रसाद खतिवडा, सञ्चारकर्मी रुपेश दुलाल, शेयर सदस्य, शिक्षकशिक्षिका, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
१ सय १० जना शेयर सदस्य रहेको यो सहकारी संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनमा ६ सय ५० जना विधार्थीहरु अध्ययनरत रहेको प्रिन्सिपल अरुण पराजुलीले जानकारी । विद्यालयमा ४४ जना शिक्षकशिक्षिका र कर्मचारीहरु रहेका छन । १ सय १० जना शेयर सदस्य रहेको यो सहकारी संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनमा ६ सय ५० जना विधार्थीहरु अध्ययनरत रहेको प्रिन्सिपल अरुण पराजुलीले बताए । विधालयमा ४४ जना शिक्षकशिक्षिका र कर्मचारीहरु रहेका छन् ।







