ब्याडमिन्टन प्रतियोगिताको उपाधी देव अर्याल र नरेन्द्र मोक्तानलाई

हेटौंडा, पालुङ जेसीजको आयोजनामा भएको पहिलो थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी देव अर्याल र नरेन्द्र मोक्तानको जोडीले जित्न सफल भएको छ ।

ADVERTISEMENT

शनिबार भएको फाइनल खेलमा संग्राम केसी र मुधुसुदन चौधरीको टिमलाई पराजित गर्दै अर्याल र मोक्तानको टिमले उपाधी चुम्न सफल भएका हुन् । सेमिफाइनल खेलमा देव र नरेन्द्रको टिमले सुवास र समाजको टिमलाई र संग्राम र मधुसुदनको टिमले रामचन्द्र र बिमलको टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगितामा प्रथम भएको टिमले नगद १० हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद ७ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । १३ टिमको सहभागिता रहेको जेसीजकप ब्याडमिन्टन प्रतियोगिताका उत्कृष्ट खेलाडी संग्राम केसी घोषित भए । उनले नगद २ हजार ५ सय पुरस्कारसहित ट्रफी हात पारेका छन् ।

पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष टिकारामा स्याङतान, थाहा नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीलगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *