उद्योग प्रतिनिधिसँग विद्यार्थीको अन्तरक्रिया

हेटौँडा, हेटौडा उपमाहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद माहाशाखा अन्तर्गतको वृत्ति मार्गनिर्देशन सेवा इकाइले इन्स्योर संगको सहकार्यमा अटोमोबाइल इन्जिनियरिंग विषयको औद्योगिक प्रशिक्षार्थीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

ADVERTISEMENT

उनीहरुले अध्ययन गरिरहेको क्षेत्रमा भविष्यमा रोजगारीको अवस्था, सम्भावना, अवसर र चुनौती के कस्ता रहेका छन् भन्ने विषयमा सम्वन्धित क्षेत्रका विज्ञ तथा उद्योग प्रतिनिधिबाटै जानकारी दिने र विद्यार्थीलाई सुसुुचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । हेटौंडा उपमाहानगरपालिका शिक्षा, युवा तथा खेलकुद माहाशाखा प्रमुख हरिचन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमाहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमको प्रमुख आतिथ्यता रहेको थियो । शिक्षा, युवा तथा खेलकुद माहाशाखाका रमेश विडारीले संचालन गरेको कार्यक्रममा अग्नी ग्रुपका प्रतिनिधि तथा अपरेशन इन्चार्ज सुरज ठकुरी हमाल र हिमालयन मोटर्सका म्यानेजिङ डाइरेक्टर सम्झौता सापकोटाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा अटोमोबाइल क्षेत्रमा के कस्ता अवसर र चुनौती रहेका छन् भन्ने विषयमा जानकारी दिनुका साथै यो क्षेत्रमा रोजगारीको अवसरको अवस्था, नेपाल र विदेशमा यस क्षेत्रको कामदारको मागको अवस्था लगायतका विषयमा जानकारी दिइएको थियो । सहजकर्ताले आफ्नो प्रस्तुती सकेपछि खुल्ला छलफल तथा विद्यार्थीको प्रश्न र सहजकर्ताहरुको उत्तर सत्र सञ्चालन गरिएको थियो । यो कार्यक्रम नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद माहाशाखा अन्तर्गत रहेको वृत्ति मार्गनिर्देशन सेवा इकाइले आयोजना गरेको हो । सेवा इकाइले विद्यार्थी तथा युवाहरुलाई वृत्ति छनौटमा सहयोग गर्ने, युवा र विद्यार्थीलाई सीप र रोजगारीसंग जोड्न सहयोग गर्नुका साथै युवालाई कामको संसारमा प्रवेश गर्न, रोजगारीको क्षेत्र पहिचान गर्न र सीप विकास साथै क्षमता अभिवृद्धिका लागि सेवा प्रदान गर्ने सेवा इकाई सम्पर्क व्यक्ति राजमणि शर्माको भनाई छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya