बालजागृति विद्यालयका शिक्षक तथा कर्मचारी सम्मानित

हेटौंडा, हेटौंडा–२ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारी विहीबार सम्मानित भएका छन् । विद्यालयले आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रर्दशनी तथा पुरस्कार वितरण कार्यक्रममा शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो ।

ADVERTISEMENT

विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीलाई कुसल प्रधानाध्यापकको भूमिका निर्वाह गर्नुभएको र वि.सं. २०८० सालको एसइई नतिजामा उत्कृष्ट भूमिका खेल्नु भएकोमा सम्मान गरिएको छ । वि.सं. २०८० सालको एसईई नतिजामा उत्कृष्ट अंक हासिल गर्ने माध्यमिक तहका विषयगत शिक्षकलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ । सम्मानित हुनेमा विद्यालयका सहायक प्रधानाध्यापक अमूल श्रेष्ठ, उमेश अर्याल, प्रेम हमाल, तुल्सी न्यौपाने, विश्वराज सापकोटा, निर्मल घिमिरे, लालकाजी परियार, देवराज ढुङ्गेल, अशोक मैनाली र राज सुवेदी रहेका छन् ।

यसैगरी आधारभूत तह संयोजक निर्मला अर्याल, प्राथमिक तह संयोजक सन्ध्या बस्नेत अर्याल, सुनिता कुमारी क्षेत्री, कल्पना सिंखडा देवकोटा, तिजकुमारी थापा र सुमित्रा सापकोटालाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरेको छ । कार्यक्रममा आधारभूत तह, प्राथमिक तह तथा पूर्व प्राथमिक तहमा अध्यापनरत शिक्षकलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा आधारभूत तहका शिक्षक रुकु कुमारी गौतम र रुपेश चौहान, प्राथमिक तहका शिक्षक आइसा भण्डारी, अन्जुम श्रेष्ठ, शर्मिला अधिकारी, उर्मिला राई, बिना पण्डित, पूर्व प्राथमिक तहका रीता बर्तौला, संगीता सापकोटा र सइल्जा श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा सहायक लेखापाल कमला छत्कुली, कार्यालय सहयोगी जगन्नाथ ढुङ्गाना, आया अनु देवि क्षेत्री र चालक कविराज ढुङ्गेललाई पनि सम्मान गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा आज कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूको वृहत सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा निमित्त प्रमुख हरिचन्द्र सापकोटा, प्याव्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, पत्रकार प्रताप विष्टले इलेक्ट्रिक सेन्सर पर्दालाई अन गरी कार्यक्रम उद्घाटन गरेका हुन् । कक्षा– ९ मा अध्ययनरत नमन अग्रवालले उक्त पर्दा निर्माण गरेका हुन् ।

Advertisement 5

कार्यक्रममा स्काउटका विद्यार्थीहरूले मार्चपास गरी अतिथिलाई स्वागत गरेका थिए भने विद्यार्थी सर्जु भण्डारीले स्वागत मन्त्व्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *