सोलिड्यारिटीको ३२ औं अभिभावक दिवसः शिक्षक, विद्यार्थी र पत्रकार सम्मानित

हेटौंडा, हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको ३२ औं अभिभावक दिवस मनाइएको छ । विद्यालय सञ्चालक समिति अध्यक्ष ऋषिराम आचार्यको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० नम्वर वडाध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यतामा एकेडेमीको ३२ औं अभिभावक दिवसमा सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी, सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

ADVERTISEMENT

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यले ग्रामीण क्षेत्रका बिपन्न बर्गका बालबालिकालाई होस्टेलमा राखेर निःशुल्क शिक्षा दिने काम पनि गरिएको बताए । निजी क्षेत्रबाट शैक्षिक संस्था उत्कृष्ठ रुपमा संचालन गर्न निकै चुनौतीपूर्ण रहेको भन्दै आचार्यले मकवानपुरको क बर्गको विद्यालय बनाउन सफल भएको बताए । कार्यक्रममा बालबालिकाले विभिन्न सांस्कृतिक प्रस्तुति गरेका थिए । नर्सरीदेखि कक्षा २ सम्मका करिब ५सय बालबालिकाले स्टेचमा आफ्नो प्रस्तुती दिएका थिए । कक्षा २ भन्दा माथिका विद्यार्थीमध्यबाट छनोट गरिएको तर, साना कक्षाका सबै नानीबाबुलाई मञ्चमा उतारिएको विद्यालयका सहायक प्रधानाध्यापक श्यामकृष्ण ज्ञवालीेले जानकारी दिए ।

कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थीलाई सम्मानीत गरिएको थियो । विद्यालयको बिभिन्न गतिबिधिलाई स्थानीय तथा राष्ट्रिय मिडियामा समाचार संप्रेषण गरी उल्लेखनीय सहयोग पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलाई नगद १० हजार रुपैयाँसहित ‘सोलिड्यारिटी शैक्षिक पत्रकारिता सम्मान २०८१’ बाट सम्मानीत गरिएको थियो । विद्यालयका संस्थापक अध्यक्ष आचार्य, प्रधानाध्यापक रीना आचार्य, प्रमुख अतिथि वडाअध्यक्ष लामालगायतले सम्मान गरेका हुन् । कार्यक्रममा उत्कृष्ठ वर्षशिक्षक धीरज लामा र शीतल रिसाललाई एक ग्रेडबृद्धिसहित सम्मानीत गरिएको थियो । त्यस्तै उत्कृष्ठ विषयशिक्षक उत्तमप्रसाद उप्रेती, तृष्णा बज्राचार्य, देवकी रिमाललाई नगदसहित सम्मानीत गरिएको थियो ।

वर्ष उत्कृष्ठ विद्यार्थी सचिन यादव सहित अनुशासित, सफासुग्गर विद्यार्थी र तिनका अभिभावक सम्मानीत भएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरलगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *