मकवानपुरमा जनताको साथमा कांग्रेस अभियान

हेटौंडा, १५ भदौ/ नेपाली कांग्रेस पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै देशव्यापी सुरुवात गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानले मकवानपुर जिल्लामा पनि तीव्रता पाएको छ । १२ गते मकवानपुर जिल्लाको १०२ वडामा क्रियाशील भेला गरेर सुरु भएको अभियानअन्तर्गत् बुधबार जिल्लाभर पालिकास्तरमा भेला तथा अन्तक्र्रिया कार्यक्रम भएको हो ।

ADVERTISEMENT

अभियानअन्तर्गत् नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा बुधबार हेटौंडामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी नेता तथा क्रियाशील कार्यकर्ताहरुले पार्टीले चुनाव केन्द्रितमात्र कार्यक्रम हुन नहुने, पटकपटक गठबन्धन गरेर चुनावमा जाँदा मत माग्न असहज भएको, प्रशिक्षण कार्यक्रमहरु राख्नुपर्ने, पार्टीमा गुटगत राजनीति तल्लो तहसम्म फैलिएकोले त्यसको न्यूनीकरण हुनुपर्ने, पार्टीले दिने अवसरहरु समान र न्यायोचित हुनुपर्ने सुझावहरु दिएका थिए । यस्तै, चुनावी अनुगमन समिति गठन गरी गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विभिन्न विभागहरुलाई पूर्णता दिएर सबैलाई पार्टीमा भूमिका निर्वाह गर्ने वातावरण बनाउनुपर्नेलगायत सुझावहरु व्यक्त गरेको नगर सचिव हर्करत्न लामाले जानकारी दिए ।

नगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी मकवानपुर जिल्ला उपसभापति आनन्द कठायत, पूर्वसभापति माइकल रामचन्द्र अर्याल, निवर्तमान कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सहसचिव इन्दिरा न्यौपाने, महासमिति सदस्य अशोक शाक्य, जिल्ला सदस्य तथा नगरका निवर्तमान सभापति आनन्दराम पराजुली, प्रतिनिधिसभा १ प्रदेश ‘ख’ का सभापति तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलगायतले कांग्रेस पार्टी जनताको तल्लो तहको समस्यालाई समाधान गर्न लाग्ने पार्टी भएकोले सोहीअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

ADVERTISEMENT

अभियानअन्तर्गत् आज विहीबार प्रदेशसभाअन्तर्गत् क्षेत्रीय समितिको आयोजनामा समाजवादी चिन्तक पार्टीका नेता स्व. प्रदीप गिरीको श्रद्धाञ्जली सभा आयोजना गरिने कार्यक्रम तय भएको नगर सचिव सविन न्यौपानेले जानकारी दिए । केन्द्रीय परिपत्रअनुसारको अभियानअन्तर्गत् १८ गते प्रतिनिधिसभा क्षेत्रीयस्तरको भेला, २० गते भ्रातृ तथा शुभेच्छुक संगठनहरुको आयोजनामा भेला हुनेछ भने २१ गतेदेखि २३ गतेसम्म जिल्लामा प्रतिवेदन बुझाउने र प्रतिवेदनमा उठेका विषयहरुमाथि छलफल गरी २४ गते वीपी जयन्तीको दिनमा जिल्लास्तरीय कार्यक्रम गरी पहिलो चरणको अभियान सम्पन्न गरिने पार्टीले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya