हेटौंडा मोर्डनका विद्यार्थीले रोपे धान

हेटौंडा, हेटौंडा मोर्डन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले धान दिवसका दिन धान रोपेका छन् । विद्यालयकै पोशाकमा सजिएका विद्यार्थीहरुले हेटौंडा १७ गैरीगाउँमा धान रोपेका हुन् ।

विद्यार्थीहरुलाई धान खेती र व्यवसायीक धान खेतीको बारेमा जानकारी गराउने उद्देश्यले कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई धान खेतमा लगिएको थियो । कृषिलाई अबका पिढीले पछ्याउनु पर्ने र विद्यार्थीहरुले प्रत्येक्ष रुपमा व्यवहारिक ज्ञान हासिल गर्ने उद्देश्यकासाथ कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रिन्सिपल सुदिप बर्तौलाले जानकारी दिए ।

विद्यालयले आयोजना गरेको राष्ट्रिय धान दिवस कार्यक्रममा प्रमुख अतिथि रहेका हेटौंडा १७ नम्वर वडा सदस्य नवराज न्यौपानेले कृषि प्रणालीलाई जोड दिनको निम्ति स्थानीय तहमै कृषि सम्बन्धी पाठ्यपुस्तक निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । विद्यार्थीलाई धान कसरी उत्पादन गरिन्छ भन्ने विषयमा न्यौपानेले विद्यार्थीलाई सहजीकरण गरेका थिए । कार्यक्रमा यूवा विकास कृषि सहकारीका अध्यक्ष राधवराज तिमल्सिना, गैरीगाउँ कृषि सिँचाइ आयोजनाका अध्यक्ष लक्ष्मण न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button