प्रज्वल शिक्षा सदनको ३६ औँ अभिभावक भेला, उत्कृष्ट विधार्थी तथा अभिभावक पुरस्कृत

हेटौँडा, हेटौडा– ६ चौघडामा रहेको प्रज्वल शिक्षा सदन ईङलिस स्कूलको ३६ औँ अभिभावक भेला शनिवार सम्पन्न भएको छ ।भेलालाई सम्बोधन गर्दै हेटौडा उपमहानगरपालिका प्रमुख मिना लामाले शैक्षिक गुणस्तर बढाउन सरोकारवाला सबैको सहयोग आवश्यक पर्ने बताउनु भयो ।

आफ्ना छोराछोरीहरुलाई मोवाईलबाट टाढा राख्न आग्रह गर्दै प्रमुख लामाले शिक्षाको गुणस्तर बढाउन उपमहानगरपालिका सदैव लाग्ने बताउनु भयो । कार्यक्रममा कक्षागतरुपमा प्रथम, द्वितीय र तृतिय हुने विधार्थी, विभिन्न विधाका उत्कृष्ट अभिभावक, पूर्व ब्यवस्थापन समितिका पदाधिकारीहरु समेतलाई पुरस्कृत गरिएको थियो । भेलामा विधालयका प्रिन्सिपल गणेशकुमार श्रेष्ठले विधालयको शैक्षिक, आर्थिक एवम भौतिक प्रतिवेदन पेश गरेका थिए ।

भेलाको अवसरमा विधार्थीहरुले नृत्य, कमिक्स र विज्ञान संग सम्वन्धित विभिन्न प्रकारका सामाग्री प्रर्दशन गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठको सभाध्यक्षतामा भएको भेलामा हेटौडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, ब्याप्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी,नगर सचिव सुदिप गिरि, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, रक्षादेवी टोल विकास संस्था अध्यक्ष केशव प्रसाद कोईराला, विधालयका निवर्तमान अध्यक्ष शम्भ बहादुर रिमाल, सञ्चारकर्मी भावना रिजाल, अभिभावक , शिक्षक शिक्षिका लगायतको सहभागीता थियो । कक्षा ५ सम्म पढाइ हुने यश विधालयमा १ सय २२ जना विधार्थीहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *