उपमहानगरको सबै केन्द्रबाट क्यान्सर बिरुद्ध खोप

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाको सबै स्वास्थ्य केन्द्रबाट महिलाका लागि पाठेघर बिरुद्धको एच.पि.भी खोप दिइने भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा नगर भित्र रहेका स्वास्थ्य केन्द्र र बिद्यालयमा हुने सेसन (केन्द्र) बाट खोप अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो ।

ADVERTISEMENT

उपमहानगरपालिका क्षेत्रमा रहेका ८९ बिद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्रा र बिद्यालय नगएका १० देखि १४ बर्षका किशोरीहरुलाई आउँदो २२ देखि २८ गते सम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुर्यप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार उपमहानगर मार्फत सञ्चालित १ सय ११ स्वास्थ्य केन्द्र र बिद्यालयमा हुने १ सय १८ सेसनबाट कुल ९ हजार २३८ जना लाई खोप दिइने छ । अभियानलाई आगामि बर्षबाट बिद्यालय स्तरमा ६ देखि १० कक्षा सम्मका छात्राहरुलाई नियमित खोप दिने शाखा प्रमुख तिवारीले जानकारी दिए ।

उपमहानगरपालिकाका खोप समन्वय समितिका प्रमुख तथा नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको अभिमुखिकरणमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, बिभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, बिभिन्न महशाखा तथा शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *