थाहा–१ का कृष्णमान श्रेष्ठले गरे ५३औँ पटक रक्तदान

थाहा, थाहा नगरपालिका वडा नम्बर १ निवासी कृष्णमान श्रेष्ठले ५३औँ पटक रक्तदान गरेका छन्। लायन्स क्लब अफ थाहा पिसले आयोजना गरेको रक्तदान कार्यक्रममा श्रेष्ठले आफ्नो ५३औँ पटक रक्तदान गरेका हुन्।

ADVERTISEMENT

लायन्स क्लब अफ थाहा पिस वर्ष २०२६/२७ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामा प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा कुल ७६ जनाले रक्तदान गरेका थिए। जसमध्ये १२ जना महिला र ६४ जना पुरुष रहेका थिए। रक्तदान कार्यक्रमको सुरुवात इसाक के.सी.ले गरेका थिए भने ७६औँ तथा अन्तिम रक्तदाताका रूपमा अनन्त ढकालले रक्तदान गरेका थिए।

नियमित रक्तदान गर्दै आएका कृष्णमान श्रेष्ठको ५३औँ पटकको रक्तदानले समाजमा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रमका वक्ताहरूले रक्तदानलाई मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक सेवाका रूपमा लिँदै स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya