चर्च ब्वाईजलाई सातौँ बागमती गोल्डकपको उपाधि

हेटौंडा, सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइजले हात पारेको छ। सोमबार भएको फाइनल खेलमा साबिक विजेता मच्छिन्द्र क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि हात पारेको हो । चर्च ब्वाइजको उपाधि दिलाउन समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच का तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

ADVERTISEMENT

उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्ड कपको उपाधि जितेको हो । मछिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मछिन्द्रका रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५९२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्ययतामा भएको पुरस्कार वितरण कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फडिन्द्र कुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, एन्फा केन्द्रिय सदस्य टीका लामा लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *