बागमती टी–२० क्रिकेट प्रतियोगिता: नुवाकोटमाथि मकवानपुरको जित

हेटौँडा, हेटौँडामा जारी बागमती प्रदेश टी–२० क्रिकेट प्रतियोगितामा मकवानपुरले आफ्नो दोस्रो खेलमा नुवाकोटलाई ३६ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। गौरिटार रंगशालामा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो।

ADVERTISEMENT

मकवानपुरको जितमा सुमन सुनारले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा अर्धशतक पूरा गरे। उनको आकर्षक इनिङ्सकै आधारमा उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। मकवानपुरका लागि गौरव खड्का ४६ रनमा अविजित रहे भने कप्तान शुभ कंसाकार भने १ रनमै आउट भए। नुवाकोटका बलर विधान खतिवडाले प्रभावशाली बलिङ गर्दै ३ विकेट हात पारे।

१५१ रनको लक्ष्य पछ्याएको नुवाकोटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सक्यो। मकवानपुरका बलरहरूले कसिलो प्रदर्शन गर्दै नुवाकोटलाई लक्ष्य नजिक पुग्नै दिएनन्।

ADVERTISEMENT

मकवानपुरका लागि साकार गजुरेलले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। यस्तै रोहित ठाकुर र स्वरुप श्रेष्ठले समान १–१ विकेट हात पार्दै टोलीको जितमा योगदान दिए। प्रतियोगिताको उद्घाटन खेलमा चितवनसँग पराजित भएको मकवानपुरले दोस्रो खेलमा पुनरागमन गर्न सफल भएको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya