वाईबा तामाङ समाजको हेटौंडामा शुभकामना आदानप्रदान

हेटौंडा, वाईबा तामाङ समाज मकवानपुरको आयोजनामा बुधबार हेटौंडामा सोनाम ल्होछार, डुल ल्हो ९सर्प० वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ । मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछार डुल ल्होको अवसरमा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले थर विशेषका तामाङ संघ, संस्थाहरुले आफ्नो नयाँ पुस्तालाई शिक्षा प्राप्तिमा विशेष जोड दिन आग्रह गरेका छन् । हरेक क्षेत्रमा अघि बढ्न शिक्षा पहिलो आधार भएकाले यसमा जोड दिनुपर्ने उनको भनाई थियो । तामाङ समुदाय भित्र रहेका विकृतिहरुलाई हटाउँदै सकरात्मक पक्षलाई आत्मसात गर्न पनि प्रमुख घलानले सुझाव व्यक्त गरेका छन् ।

यसैगरि, कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङले भाषा, संस्कार संस्कृतिको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने उल्लेख गरे । यसको संरक्षण र प्रवर्द्धनमा पुरानो पुस्ताले नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा अध्यक्ष गुरुङले जोड दिए ।

हाल बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजमा ल्याउने नीतिगत व्यवस्था भइसकेकाले यसको प्रभावकारी कार्यान्वयनमा सबैले जोड दिनुपर्नेमा उनको सुझाव छ ।

यस्तै, कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल तामाङ घेदुङ मकवानपुरका उपाध्यक्ष आत्मराम मोक्तानले घेदुङले समुदायगत जागरणका कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको उल्लेख गरेका छन् । यसले गर्दा हाल समावेशी नीतिगत व्यवस्थाहरुमा थप सुधारहरु भएको उनको भनाई छ ।

Advertisement 5

यसैगरी, तामाङ समुदायका नयाँ पुस्ता शिक्षा, आर्थिक समृद्धि र राजनीतिक क्षेत्र तीनवटै क्षेत्रमा समान ढंगले अघि बढ्न सक्नुपर्नेमा तामाङ मोक्तान समाज मकवानपुरका अध्यक्ष जिवनमान मोक्तानले जोड दिए ।

कुनै एउटा क्षेत्रमा मात्र अघि बढेर समुदायको समग्र विकास हुन नसक्ने भन्दै उनले आफ्नो शुभकामना मन्तव्यका क्रममा उल्लेखित तीनवटै क्षेत्रमा समान ढंगले अघि बढ्नसक्नुपर्ने उल्लेख गरेका छन् ।

कार्यक्रममा मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा लोप्चन, उपाध्यक्ष राधिका स्याङतान, नेपाल तामाङ घेदुङ हेटौंडा उपमहानगर समितिका उपाध्यक्ष अस्मिता वाईबा, गोले तामाङ वंश उत्थान समाज मकवानपुरका अध्यक्ष राजकुमार गोलेसहितले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङ गढी गाउँपालिका समितिका कोषाध्यक्ष राज स्याङतानको समेत उपस्थिति थियो ।

वाईबा तामाङ समाज मकवानपुरका सह सचिव नवराज वाईबाको सञ्चालनमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समाजका अध्यक्ष हर्क सिं वाईबाको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *