तेस्रो वडास्तरीय खेलकुद महोत्सवमा र्‍याली, शिक्षा र खेलकुद प्राथमिकता

हेटौँडा, हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजनामा बृहत् खेलकुद र्‍याली आयोजना गरिएको छ । वडा कार्यालयको आयोजना र शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको तेस्रो वडा स्तरीय खेलकुद महोत्सवको अवसरमा र्‍यालीको आयोजना गरिएको हो ।

ADVERTISEMENT

र्‍यालीको उद्घाटन गर्दै संविधानसभाका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अनन्त पौडेलले ४ नम्वर वडा कार्यालयले भौतिक पूर्वाधारका साथै खेलकुद तथा शिक्षालाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्नुभयो । यस्तो कार्यक्रमले विध्यार्थीको शारिरीक र मानसिक रूपमा विकास गर्न सघाउ पुर्याउने पुर्याउने बताउँदै उत्कृष्ट खेलाडि उत्पादनमा सघाउ पुर्याउने बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलले खेलकुद र शिक्षा, ४ नं. वडाको प्राथमिकता रहेको बताउँदै शिक्षा र खेलकुदलाईसंगै लैजान पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष राजकुमार मोक्तान, टोल विकास संस्था नगर समन्वय समितिको महासचिव शिवहरि दाहाल, आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, भुटनदेवी माविका प्रअ सुर्यप्रसाद घिमीरेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा श्रमिक माविका व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, टोल विका संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँलगायतको आथित्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रमका सभापती तथा शैक्षिक गुणस्तर सुधार समितिको संयोजक श्रीराम दाहालले महोत्सवमा विभिन्न प्रतियोगितामा १२ विध्यार्थी सहभागी भएको र प्रतियोगिताका विजेता ३ समयभन्दा बढि विध्यार्थी पुरस्कृत हुने जानकारी दिनुभयो । महोत्सवमा नगरस्तरीय, फुटबल, भलिवल, क्रिकेट, बाँस्केट बल, वडास्तरमा टक अफ वार, एथलेटिक्स, हाजिरी जवाफ, बक्तृत्व, हिज्जे, बादविवाद, कविता, क्वीच प्रतियोगिता भएको खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी भयो । विजेताहरूलाई यहि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya