जुइनामा निःशुल्क स्वास्थ्य शिविर

हेटौंडा, मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जुइना आधारभुत स्वास्थ्य केन्द्रमा बुधबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको छ । जेसीआई हेटौंडाको आयोजना तथा नेपाल परिवार नियोेजन संघ मकवानपुर, हेटौंडा सामुदायिक आँखा अस्पताल र जेसीआई बकैयाको संयुक्त सहकार्यमा शिविर आयोजना गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रम संयोजक श्रवणकुमार बर्तौलाका अनुसार बकैयाको ५, ६ र ७ नम्बर वडावासीलाई लक्षित गरी आँखा शिविर र पाठेघरको शिविर सञ्चालन गरिएको हो । शिविरमा ३० जनामा मोतिबिन्दु समस्या देखा परेको थियो । २७३ जनाको आँखा परीक्षण गर्दा ३० जनामा मोतिबिन्दुको समस्या देखाएको हो । उनीहरुको बिहीबार हेटौंडा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ ।

शिविरमा २१० जना महिलाले पाठेघरको भिआईई स्क्रीनिङ सेवा लिएको थिए । हेटौंडा जेसीजका शाखा अध्यक्ष पवनकुमार कंशाकारको आध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री लगायतको आतिथ्यता थियो । हेटौंडा आँखा अस्पतालबाट ४ जना र नेपाल परिवार नियोेजन संघबाट ४ जना गरी ८ जना चिकित्सकले सेवा प्रदान दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *