भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले ११ जनालाई पुरस्कृत गर्ने

हेटौंडा, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले ११ जनालाई पुरस्कृत गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले पुरस्कारको बारेमा जानकारी दिएका थिए ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा यही बैशाख २२ गते हेटौंडामा साहित्यिक कार्यक्रमको आयोजना गरी ११ जनालाई पुरस्कृत गरिने छ । प्रतिष्ठानले भीम विराग राष्ट्रिय साहित्य पुरस्कार सुनसरीका कुन्ता शर्मालाई, भीम विराग राष्ट्रिय सङ्गित पुरस्कार मकवानपुरका लाल श्रेष्ठ, भीम विराग राष्ट्रिय कला पुरस्कार मकवानपुरका बि एस रानालाई, भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार ललितपुरका जयदेव भट्टराईलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि नगद २५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी तुलसी माया शिवकुमारी सृजनशील नारी पुरस्कार मन्जु खराललाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । भीम मधुरा बाल प्रतिभा पुरस्कार मकवानपुरका ईशान्तकुमार मिश्रलाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशि ७ हजार ५ सय रुपैयाँ रहेको छ । यसैगरी शिला नारी पुरस्कार मकवानपुरका निरु मगरलाई, रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरकार मकवानपुरका पम्फा थापा मगर, चिनकुमारी लामा स्मृति साहित्य पुरस्कार मकवानपुरका आरआर चौलागाई, मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार मकवानपुरका सिमा मिश्र र अजित सेन गुप्ता भित्र क्षमता पुरस्कार बाराका अन्जु धिताललाई प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *