म्यान मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने विजयी

हेटौंडा, मोवाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा न्यौपानेले ७५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रोहिणीप्रसाद गौतमले ५७ मत प्राप्त गरे । यसैगरी संस्थाको उपाध्यक्षमा अनिल दास बानियाँ निर्वाचित भएका छन् ।

ADVERTISEMENT

बानियाँले ८२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शिवराज बास्तोलाले ४९ मत प्राप्त गरेको निर्वाचन आयुक्त दिनेश लामाले जानकारी दिए । अध्यक्ष र उपाध्यक्ष पदको लागि १३२ जनाले मतदान गरेका थिए । अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा वरिष्ठ उपाध्यक्षमा राजकुमार दहाल, महासचिवमा मिलन स्याङ्तान, कोषाध्यक्षमा प्रवेश चापागाई, सहकोषाध्यक्षमा पुष्पराज गौतम, सचिवमा सुमन रायमाझी चयन भएका छन् ।

६ सदस्यका लागि ६ जनाको मात्रै उम्मेदवार परेको छ । जसमा एदिस रिजाल, जीवनाथ अधिकारी, पप्पु कुमार केसरी, सन्तोष दाहाल, अदाम हुसेन मंसुरी र निरोज रिमाल निर्विरोध निर्वाचित भएको आयुक्त लामाले बताए । म्यान मकवानपुरमा थाहानगर क्षेत्रका १३ जना, मनहरी क्षेत्रका १८ जना र हेटौंडाका एक सय ३ जना गरि एक सय ३४ जना सदस्य आवद्ध रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *