आयोजकले चुम्यो प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी

हेटौंडा, प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक हेटौंडा–१२ नम्वर वडा विजयी भएको छ । शनिबार भएको फाइनल खेलमा हेटौंडा–११ लाई ३–१ को सेटमा पराजित गर्दै आयोजक विजयी भएको हो । प्रतियोगिताको पहिलो सेट २५–२२ ले विजयी भएको आयोजक दोस्रो सेटमा २५–२१ ले पराजित भयो ।

ADVERTISEMENT

तेस्रो सेट २५–१६ र चौथो सेट २५–२० ले विजयी हुँदै आयोजकले उपाधी चुम्यो । फाइनल खेलको म्यान अफ द म्याच हेटौंडा १२ का सुरेन्द्र गोले घोषित भए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी हेटौँडा–१२ का कुशल तामाङ लो, हेटौंडा–१२ का उत्सव आले मगर सर्वोकृष्ट सेटर, हेटौंडा १२ कै बुद्धिकृष्ण दंगाल उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्पाइकर हेटौँडा–११ का निश्चल आले मगर घोषित भए । प्रतियोगितामा प्रथम भएको टिमले नगद ५० हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

हेटौंडा १२ नम्बर वडा खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईंको सभाध्यक्षमा भएको पुरस्कार वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा १२ नम्वर वडाध्यक्ष अर्जुनप्रसाद तिवारी, ११ नम्बर वडाध्यक्ष जुना दहाल, प्रायोजक तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल रघुनाथ खराल, सह प्रायोजक सनराइज बोर्डिङ स्कुल हेटौंडा-१३ का प्रनेश श्रेष्ठ, प्रायोजक लर्ड बुद्ध एकेडेमी हेटौंडा-१२ का डाइरेक्टर निबन्ध लामा, बुद्ध माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्र घलानलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya