ज्ञानदीप बहुउद्देश्यीय सहकारीको २५ औँ साधारणसभा सम्पन्न

हेटौंडा, हेटौंडा– ४ मा रहेको ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा शनिबार हेटोंडामा भएको छ । संस्थाका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो।

ADVERTISEMENT

कार्यक्रममा संस्थाका निवर्तमान उपाध्यक्ष गोविन्द चौलागाई, पूर्व उपाध्यक्षद्धय भुपेन्द्र खड्का, विश्वनाथ रेग्मी, पूर्व प्राचार्य खीलप्रसाद बराल९निमेष०, सामाजिक अभियान्ता अर्पण पराजुली, साहित्यकाररसञ्चारकर्मी नवराज शर्मा र मरणोपरान्त सम्मानबाट स्व। बलराम शर्माको परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मोहनप्रसाद न्यौपानेले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव लिलानाथ ढुङ्गेलले विनियम संशोधनका लागि सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीद्धारा सञ्चालित जीएस निकेतन माध्यमिक विद्यालयका प्रिन्सिपल इश्वर लामिछानेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

५९२ जना शेयर सदस्य रहेको सहकारीमा ९४ लाख ४० हजार शेयरपुजीँ रहेको छ । एक करोड ६५ लाख २६ हजार १४५ रुपैयाँ जगेडा कोषमा रहेको सहकारीमा ५६ लाख ७६ हजार २६५ रुपैयाँ बचत निक्षेप रहेको प्रतिवेदनमा उल्लेख छ । विद्यालय सञ्चालन गर्दै आइरहेको सहकारी अब कम्पनी मार्फत विद्यालय सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । सभाबाट सहकारी छुट्टै र विद्यालयलाई कम्पनी मार्फत सञ्चालन गर्ने भनि प्रस्ताव प्रस्तुत गरिएको थियो ।

५९२ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । एक करोड ६५ लाख २६ हजार १४५ रुपैयाँ जगेडा कोषमा रहेको सहकारीमा ५६ लाख ७६ हजार २६५ रुपैयाँ बचत निक्षेप रहेको प्रतिवेदनमा उल्लेख छ । विद्यालय सञ्चालन गर्दै आइरहेको सहकारी अब कम्पनी मार्फत विद्यालय सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । सभाबाट सहकारी छुट्टै र विद्यालयलाई कम्पनी मार्फत सञ्चालन गर्ने भनि प्रस्ताव प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका सदस्य भोगेन्द्र लुईटेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हातेमालो साकोसका अध्यक्ष हरिप्रसाद पौडेल, मामाघर नेपालका संरक्षक अर्पण पराजुली, विद्यालय व्यवस्थापक समिकिा अध्यक्ष रमिला सापकोटा, सल्लाहकार विश्वनारायण श्रेष्ठ, कानूनी सल्लाहकार शिवप्रसाद बन्जारा, विद्यालयका प्रिन्सिपल ईश्वर लामिछाने, लेखा समितिका संयोजक गौतम केसी लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *