हेटौंडा, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई रङ्गेहात पक्राउ गरिएको छ। मंगलबार मध्यराति हेटौंडा –४, स्कूलरोडमा रहेको ९९ मोवाइल सोलुसनमा मोवाइल चोरी गरिरहेको अवस्थामा १७ वर्षीय एक युवक पक्राउ परेका हुन् ।
मोवाइल पसल सञ्चालक कृष्णसागर श्रेष्ठले मोबाइल चोरी भइरहेको सिसिटिभि क्यामरा हेरेर थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।सटर फोरेर चोरी भएको थाहा पाएपछि श्रेष्ठले सटर लगाएर प्रहरीलाई खबर गरी चोर पक्राउ गरिएको बताएका छन्।
पक्राउ परेका किशोर बारा जिल्लाको बिश्रामपुर गाउँपालिका स्थायी घर भई हेटौँडामा अध्ययनका लागि बस्दै आएको प्रहरीले जनाएको छ ।किशोरले १४ जटा मोवाइल, रिचार्ज कार्ड र नगदसहित ६ लाख ७० हजार २ सय २५ रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।







