बुढ्यौली साहित्य समाजमा पुनः रिजाल

हेटौंडा, बुढ्यौली साहित्य समाज मकवानपुरको अध्यक्षमा पुनः आरसी रिजाल चयन भएका छन् । शुक्रबार भएको समाजको दोस्रो अधिवेशनबाट रिजालको अध्यक्षतामा नयाँ कार्य समिति बनेको हो । समाजको उपाध्यक्षमा राजकुमार लामिछाने, सचिवमा सुवास खनाल, सहसचिवमा जनार्दन खनाल र कोषाध्यक्षमा अनिता न्यौपाने चयन भएका छन् ।

ADVERTISEMENT

यसैगरी सदस्यमा सुदर्शन अधिकारी र रमेशमोहन अधिकारी चयन भएका छन् ।बुढ्यौली साहित्य समाज मकवानपुरले शुक्रबार मकवानपुरे कवि माधव भण्डारी ‘रश्मी’ र प्रा.डा.मुकेशकुमार चालिसेलाई सम्मान गरेको छ । बुढ्यौली साहित्य समाजको दोस्रो अधिवेशनमा भण्डारी र चालिसेलाई नगदसहित सम्मान गरेको हो । कार्यक्रममा भण्डारीले सम्मानित रकम १० हजार रुपैयाँ र व्यक्तिगत १० हजार रुपैयाँ गरी बीस हजार रुपैयाँ बुढयौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाललाई हस्तान्तण गरेका थिए।

बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ हास्यव्यङ्ग्यकार कृष्ण मुरारी गौतम ‘चट्याङ मास्टर’ को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजसेवी सुदर्शन ढकाल, मकवानपुरे कवि पुरुषोत्तम आचार्य र स्वस्तिका दाहालले रचना वाचन गरेका थिए । साहित्यकार स्वर्गीय तुलसी थापाको जीवनीको बारेमा तुलसीको बहिनी बेली थापाले प्रकाश पारेकी थिइन् ।

बुढ्यौली साहित्य समाज मकवानपुरले स्थापना गरेको अक्षय कोषको लागि स्वर्गीय तुलसी थापाको परिवारबाट थप १ लाख ७० हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष रिजालले जानकारी दिए । कोषको लागि चन्द्रकिरण श्रेष्ठले ५ हजार, सिताराम बर्तौलाले ३ हजार र मधु ढुङ्गानाले २ हजार १ रुपैयाँ सहयोग गरेका छन् । बुढ्यौली साहित्य समाजले स्थापना गरेको कोषमा विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगबाट १४ लाख रुपैयाँ संकलन भइसकेको अध्यक्ष रिजालले जानकारी दिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ वडाध्यक्ष नवीन सिग्देल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिललगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *