सम्पर्क कार्यालयमा नेता बानियाँले सुने जनताको गुनासो

मनहरी, २ फागुन/कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरीस्थित सम्पर्क कार्यालयमा जनताको गुनासो सुन्ने तथा समाधानका बारेमा छलफल गर्नुभएको छ ।

ADVERTISEMENT

मकवानपुर संघीय क्षेत्र नम्बर २ प्रदेश ख का कैलाश, राक्सीराङ्ग, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरका ३ र १९ नम्बर वडाका प्रतिनिधिमूलक अगुवा जनता र जनप्रतिनिधिबीच शुक्रबार बिकास निर्माण, त्यस क्षेत्रको आवश्यकता, समस्या समाधानका बारेमा छलफल भएको थियोे ।

छलफलमा नेता बानियाँले भौगोलिक अवस्था, तत्काल आवश्यकता र औचित्यका आधारमा क्रमशः खानेपानी, सडक, विद्युत विस्तारलगायतका भौतिक पूर्वाधार निर्माणमा दृढ भएर लाग्ने बताउनुभयो ।

पश्चिमी क्षेत्रमा गाँजा र अफिम ओसारपसारका नाममा निर्दोष गरिव जनताहरु जेल जानपर्ने अवस्था विद्यमान रहेकाले यसलाई निराकरणका लागि ऐन बनाउन छलफल भैरहेकाे बताउँदै नेता बानियाँले स्थानीयलाई गाँजाको बैकल्पिक आत्मनिर्भर हुने खालको अन्य खेतीका लागि प्रोत्साहन बजेट छुट्याउन जनप्रतिनिधिलाई आग्रह गर्दै ठोस प्रस्ताव ल्याउन प्रदेश तथा संघीय सरकारसंग विशेष पहल गर्ने बताउनुभयो ।

पश्चिमी क्षेत्रका जनताको गुनासो सुन्ने साझा सम्पर्क थलोको रुपमा विकास गर्न कार्यालय खोलिएको बताउँदै नेता बानियाँले हरेक महिनामा दुईपटक जनताको गुनासो र छलफल सुन्ने कार्य गरिरहेकाे बताउनुभयो ।

Advertisement 5

भेटघाट तथा छलफलमा मकवानपुर संघीय क्षेत्र नम्बर २ ख का जनप्रतिनिधिहरु तथा स्थानीय जनताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *