हेटौंडा, काठमाडौंमा जारी सातौँ राष्ट्रिय एनभिए क्लब पुरुष भलिबल प्रतियोगितामा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले विजयी सुरुवात गरेको छ । सोमबार भएको प्रतियोगितामा मधेश प्रदेशलाई ३–१ को सेटले पराजित गर्दै केशवलालले विजयी सुरुवात गरेको हो ।
पहिलो र दोस्रो सेट क्रमश २५–२१ र २५–२३ ले जितेको केशवलालले प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको तेस्रो २७–२९ ले गुमाएको थियो । तर चौथो सेटमा केशवलालले २५–१७ को सहज जित निकाल्न सफल भयो । केशवलालका नविन महतो केल्मी प्लेयर अफ दि म्याच चुनिए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस जितसँगै समूह ‘डी’ मा केशवलालले ३ अंक जोडेको छ । पराजित मधेश प्रदेश अंक विहीन छ ।







