हवाई यात्रालाई सुरक्षित बनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बढ्दो हवाई दुर्घटनाले विगतमा गठन भएका छानविन आयोगहरुका प्रतिवेदनले हवाई यात्रालाई सुरक्षित एवं भरपर्दो बनाउनको लागि दिएका सुझावहरुको कार्यान्वयनका विषयमा समिक्षा गर्नुपर्ने महशुस गराएको बताएका छन् ।

ADVERTISEMENT

मुख्यमन्त्री जम्कट्टेलले आइतबार बिहान भएको काठमाण्डौँबाट पोखराको लागि उडेको यति एअरलायन्सको विमान पोखराको सेती नदीको खोचमा दुर्घटना प्रति दुःख व्यक्त गर्दै सरकारले गहन रुपमा अध्ययन गरी हवाई यात्रालाई सुरक्षित र भरपर्दो बनाउनको लागि आवश्यक नीतिगत सुधार तथा योजनाहरु अघि बढाउनु पर्ने बताएका छन् ।

‘मिति २०७९ साल माघ १ गते आइतबारका दिन बिहान १०ः३२ बजे काठमाण्डौँबाट पोखराको लागि उडेको यति एअरलायन्सको ९ एनवाईटी–६९१ विमान बिहान ११ बजेको समयमा गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका–१५, नयाँगाउँ स्थित सेती नदीको खोचमा दुर्घटना हुँदा विमानमा सवार रहेका ४ जना चालक सहित ७२ जना मध्ये हालसम्म ६९ जनाको निधन भएको खबरले दुस्खित भएको छु ।’ उनले जारी गरेको शोक विज्ञप्तीमा भनिएको छ ।, ‘यस किसिमको नेपाली आकाशमा आन्तरिक उडान तर्फको सबैभन्दा ठुलो मानवीय क्षति सहितको विमान दुर्घटना दुस्खद खबरले देश नै शोकमग्न अवस्थामा पुगेको छ । यस दुर्घटनामा ज्यान गुमाउने विदेशी पाहुनाहरु एवं नेपालीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस शोकको घडीमा शोकाकुल परिवार र आफन्तहरुमा बागमती प्रदेश सरकारको तर्फबाट समवेदना व्यक्त गर्दछु ।’

ADVERTISEMENT

बढ्दो हवाई दुर्घटना न्युनिकरण गर्नका लागि नागरिक उड्डयन प्राधिकरण, हवाई सेवा प्रदायक कम्पनी, नियामक निकायहरु, स्थानीय प्रशासन, सुरक्षा निकायहरुलाई संवेदनशील र जिम्मेवार भई लाग्न उनले आग्रह गरेका छन् । ‘यस किसिमको बढ्दो हवाई दुर्घटनाले विगतमा दुर्घटना हुँदा गठन भएका छानविन आयोगहरुका प्रतिवेदनले हवाई यात्रालाई सुरक्षित एवं भरपर्दो बनाउनको लागि दिएका सुझावहरु के कति कार्यान्वयन गरिए समिक्षा गर्नुपर्ने महशुस गराएको छ । यस सम्बन्धमा नेपाल सरकारले गहन रुपमा अध्ययन गरी नेपालको हवाई यात्रालाई सुरक्षित र भरपर्दो बनाउनको लागि आवश्यक नीतिगत सुधार तथा योजनाहरु अघि बढाउनेछ भन्ने विश्वास समेत लिएको छु ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।, ‘साथै यस किसिमका बढ्दो हवाई दुर्घटना न्युनिकरण गर्नका लागि नागरिक उड्डयन प्राधिकरण, हवाई सेवा प्रदायक कम्पनी, नियामक निकायहरु, स्थानीय प्रशासन, सुरक्षा निकायहरुलाई संवेदनशील र जिम्मेवार भई लाग्न प्रदेश सरकार अनुरोध समेत गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *