निर्माण तथा व्यापार महोत्सवमा २ दर्जन बढी राष्ट्रिय कलाकारको प्रस्तुती रहने

हेटौंडा, दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा चर्चित कलाकारहरुको सांगीतिक प्रश्तुती रहने भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा यही फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडाको टीसिएन चौरमा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सञ्चालन हुँदैछ ।

ADVERTISEMENT

महोत्सवमा ७ गते सुगम पोखरेल र उनको ब्याण्ड तथा १४ गते राजु लामा नेतृत्वको मंगोलियन हार्ट ब्याण्डको प्रश्तुती रहने महोत्सवको प्रचारप्रसार समितिका संयोजक सुरज बर्तौलाले जानकारी दिए । महोत्सवमा चर्चित कलाकारहरु पशुपति शर्मा, दुर्गेश थापा, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, विश्व दोङ, अस्मिता अधिकारी, उर्गेन दोङ, कमल खत्री, शान्तिरानी परियार, रमेशराज भट्टराई, जिबब, पुस्कल शर्मा, राजु परियार, ज्योति मगर, हेमन्त शर्मा, प्रिति आले लगायतको प्रश्तुती रहने छ । प्रत्येक दिन ३ देखि ५ जना राष्ट्रिय कलाकारहरुको विशेष सांगीतिक प्रश्तुती रहने उनले जानकारी दिए ।

योसँगै महोत्सवमा गायन प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ हेटौंडा आइडल, राष्ट्रिय कलाकारहरुको प्रश्तुती, दैनिक उपभोग्य सामानहरुको प्रदर्शनी, सामुन्द्रिक माछाहरुको वृहत प्रदर्शनी, बहुराष्ट्रिय कम्पनीको उत्पादनको विक्री तथा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी तथा प्रतियोगिता, मनोरञ्जनात्मक बाल उद्यान लगायत रहनेछ । दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकद्वारा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *