भैरव अर्यालको प्रतिमामा माल्यार्पण

हेटौंडा, भैरव अर्यालको ८९ औं जन्मजयन्तीका अवसरमा हेटौंडाको पुष्पलाल स्मृति पुस्तकालयको प्राङ्गणमा रहेको भैरव अर्यालको प्रतिमामा माल्यार्पण गरिएको छ ।

ADVERTISEMENT

साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपालको संयुक्त आयोजनामा शनिबार हेटौंडामा भएको कार्यक्रममा अर्यालको प्रतिमामा माल्यार्पण गर्नुका साथै रचना वाचन र परिचर्चा कार्यक्रम पनि भएको थियो । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका निमेष निखिलले भैरव अर्यालको बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा देवराज तिवारीले गजल, चिरञ्जीवि लामिछानेले कविता वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार मुना अर्याल, मुक्ति गोविन्द वैध, राजकुमार लामिछाने, भावना सापकोटा, देवराज खरेललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *