श्रीकृष्ण विद्यालयमा स्काउट दिक्षान्त समारोह

हेटौंडा, हेटौंडा ९ मा रहेको श्रीकृष्ण आदर्श इङ्लिस सेकेण्डरी स्कूलमा स्काउटको दिक्षान्त समारोह भएको छ । श्रीकृष्णका ३५ जना स्काउट विद्यार्थीलाई हेटौंडा ९ का वडा अध्यक्ष शुक्रराम केसी, स्काउट प्रदेश सदस्यद्वय अशोक सारु मगर र महेन्द्र राना मगर, स्काउट हेटोंडा उपमहानगरपालिका समिति संयोजक दीपेन्द्र रोक्काले दिक्षित गराएका हुन् ।

ADVERTISEMENT

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन केसीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्वर वडा अध्यक्ष शुक्रराम केसीको प्रमुख आतिथ्यता रहेको थियो । वडाअध्यक्ष केसीले हेटौंडामा रहेका १९ वटा वडामध्ये ९ नम्वर वडालाई ५ वर्षको अवधिमा अब्बल वडा नाउने उद्देश्यसहित लागिपरेको बताए । ‘म भाषण गर्ने नेता होइन काममा विश्वास राख्छु’, वडाअध्यक्ष केसीले भने, ‘वडाले शिक्षा, स्वास्थ्यका साथै निःशुल्क औषधी वितरण, बेरोजगार व्यक्तिलाई रोजगारी तथा सीप प्रदान गर्दै आइरहेको छ । पाँच वर्षमा ९ नम्वर वडालाई अब्बल वडाको रुपमा विकास गर्नेछु ।’

स्काउट हेटौंडा उपमहानगरपालिका समिति संयोजक दीपेन्द्र रोक्काले दिक्षान्त समारोह कार्यक्रमले हेटौंडामा स्काउटमा आवद्ध हुने संख्यामा वृद्धि भएको बताए । स्काउट प्रदेश सदस्यद्वय अशोक सारु मगरले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । यसैगरी सोमबार विद्यालयमा विद्यार्थीलाई तेक्वान्दो बेल्ट र प्रमोसन गर्नुका साथै यूकेजीका विद्यार्थीलाई दिक्षित गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नवीन केसीले जानकारी दिए ।

ADVERTISEMENT

कक्षा नर्सरी देखि यूकेजीका विद्यार्थीहरुले साँस्कृतिक नृत्य र गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल दुर्गाप्रसाद भट्टराई, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *