गजल मञ्च मकवानपुरको २२६ औँ गजल यात्रा

हेटौँडा, गजल मञ्च मकवानपुरको २२६औँ गजल यात्रा शनिबार हेटौँडामा आयोजना भएको छ । गजल यात्रामा गजलकार रामकृष्ण अनयासको गजल कृति ‘अनायास’ माथिको विशेष विमर्शसहित आयोजना गरिएको थियो।

ADVERTISEMENT

गजल मञ्च चितवनका अध्यक्षसमेत रहनुभएका गजलकार अनायासले दुई चरणमा पाँच उत्कृष्ट गजल वाचन गर्नुभएको थियो। उनका भावपूर्ण र सशक्त गजलहरूले उपस्थित साहित्य अनुरागीहरूमा गहिरो प्रभाव पारेका थिए। गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष देवराज तिवारीको प्रमुख आतिथ्य रहेको थियो ।

‘अनायास’ गजल कृतिमाथि केन्द्रित विमर्श सत्रमा गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभात र झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभयो। उहाँहरूले कृतिको भाषिक सौन्दर्य, गहिरो भाव सम्प्रेषण र गजल संरचनाको कलात्मक प्रयोगको प्रशंसा गर्दै ‘अनायास’ नेपाली गजल साहित्यमा एक सशक्त कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो।

ADVERTISEMENT

नियमित गजल वाचन सत्रमा अनुसुया खनाल, स्वस्तिका बानियाँ, स्वस्तिका दाहाल, राम कार्की, मिथिला अधिकारी, मनोज मधुर, सागर तिमल्सिना, सानु खनाल र गौरी कँडेलले गजल वाचन गरेका थिए। कार्यक्रममा गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी.बी. बर्तौलाले शुभकामना मन्तव्य दिँदै चितवन र मकवानपुरबीचको साहित्यिक सम्बन्धलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभात, वरिष्ठ साहित्यकार रमेशमोहन अधिकारी र महाकाव्यकार मुना अर्याल, गजल मञ्च मकवानपुरका संरक्षक तथा सल्लाहकार मुक्ति गोविन्द वैद्य, पूर्व अध्यक्ष यश लामा, निवर्तमान अध्यक्ष केशव समर्पण, झरना साहित्यिक परिवारका सचिव मसान उपासक, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्य, प्रलेश मकवानपुरका अध्यक्ष विशाल अधिकारी ‘आशुतोष’ लगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रमको स्वागत मन्तव्य गजल मञ्च मकवानपुरका उपाध्यक्ष हरी पौड्यालले राख्नुभएको थियो भने सहजीकरण सचिव कमल नेपालले गर्नुभएको थियो।

गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्रा आयोजना गर्दै आएको छ। नवप्रवेशी गजलकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गजल प्रशिक्षण, वाचन तथा विमर्श लगायतका गतिविधिहरू मञ्चले निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya