कपिलको नेतृत्वमा चलचित्र पत्रकार संघ

हेटौंडा/चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन भएका छन् । सोमबार हेटौंडामा भएको संघको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

ADVERTISEMENT

संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम, सहसचिवमा दिपेश दाहाल, कोषाध्यक्षमा मनोज देवकोटा तथा सदस्यमा मञ्जु मैनाली, सन्नु रिजाल, प्रवेश धिताल कुन्दन चयन भएका छन् । यस कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । कार्यवाहक अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वधार राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रेस युनियन मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी कुमार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *