बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

हेटौंडा, बागमती प्रदेश सरकारले आयस्रोत कम भएका तथा मानव विकास सूचकांक कमजोर रहेका स्थानीय तहको एकीकृत विकासका लागि वित्तीय हस्तान्तरणमा प्राथमिकता दिने भएको छ। यसैगरी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममार्फत विपद् बिमा कार्यक्रम अघि बढाउने भएको हो ।

ADVERTISEMENT

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संसद्‍मा बुधबार आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै विपद् जोखिम हस्तान्तरणका लागि विपद् बिमा कार्यक्रम अघि बढाउने बताएका हुन् । पूर्वाधार र निर्माणका लागि क्रमशः प्रदेशस्तरीय पूर्वाधार गुणस्तर प्रयोगशाला स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधार,कृषि,सञ्चार,रोजगारीलगाउयत विभिन्न क्षेत्रलाई समेटिएको नीति कार्यक्रम नारैनाराले भरिएको छ । ‘समुन्नत समाजका लागि सूचना तथा सञ्चार’भन्ने अवधारणका साथ सञ्चार क्षेत्रको विकासका लागि कानुनी तथा कार्यक्रमगत प्रबन्ध गरिने उल्लेख गर्दै पत्रकारहरूको न्यूनतम सेवा सुविधा र सामाजिक सुरक्षाको प्रत्याभूति गराउन पहल गरिने नीति कार्यक्रम उल्लेख गरिएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश प्रहरी समायोजनका लागि अन्य प्रदेशसँगको समन्वयमा सघीय सरकारसँग छलफल गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा लगानी सम्मेलन आयोजनाका लागि नीतिगत प्रक्रिया अघि बढाउने भएको उल्लेख गएिको छ । ११६ वटा बुँदामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *