हेटौंडा मकवानपुरको छुट्टाछुट्टै दुर्घटनामा परेर ज्यान गुमाएकाको परिवारलाई मकवानपुर उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ ।

सवारी दुर्घटनामा ज्यान गुमाएका हेटौंडाका व्यवसायी केशवप्रसाद मुडभरी र दिनेश कार्कीको परिवारलाई जनही २ लाख रुपैयाँका दरले सहयोग गरेको हो । संघको आफ्नै व्यवसायी हितकोषबाट रकम प्रदान गरिएको संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए ।
बीमा कम्पनीको प्रिमियम अत्यधिक बढेपछि संघले आफ्नै कोषबाट भारवहन गर्ने गरी रकम उपलब्ध गराउने प्रावधान बनाएको छ । हेटौंडाका व्यवसायी मुडभरीको बागमती गाउँपालिकामा र कार्कीको मनहरी गाउँपालिकामा दुर्घटनामा परेर निधन भएको थियो ।







