कैलाशमा मगर दिवस मनाईयो

कैलाश, नेपाल मगर सङ्घको ४३औं स्थापना दिवसको अवसरमा विविध मगर सांस्कृतिक कार्यक्रम भएको छ । विहिबार नेपाल मगर सङ्घ कैलाश गाउँ कार्य समितिले नेपाल मगर मजुवा गुठीको व्यवस्थापनमा कैलाश ६ मजुवामा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम सङ्घको गाउँ समितिका अध्यक्ष तुलराज दर्लामी मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले पालिका भित्र रहेका कला संस्कृति र परम्परालाई जोगाउनु स्थानीय सरकारको दायित्व रहेको बताए । हामीले दायित्व बोध गरे अनुरुप वाद्यबाधन सामाग्री प्रदान गरेको बताउँदै भाषा, धर्म, सभ्यता, कला चालचलनलाइ जोगाउनु तपाईं हाम्रो सबैको दायित्व हो । मगर भाषा मात्रै नभइ अन्य जातीहरुकको पनि आफ्नो भाषा विस्तारै हराउँदै गएकोले त्यसतर्फ पनि सबैको ध्यान जान जरुरी रहेको बताए ।

वाद्यबाधक सामाग्री, भेषभुषा लगायत अन्य सामाग्री खरिदका लागि पालिकाबाट यसवर्ष तीनलाख बजेट स्वीकृत गरिएको उनले बताए । पञ्चेबाजा तालिममा युवा पुस्ताको सहभागीताले पुस्ता हस्तान्तरणको अभ्यास रहेको प्रति सङ्घलाई धन्यवाद दिँदै तीन पुस्ताले एकैपटक बाजा बजाउँदा आफुलाई गर्व लागेको अध्यक्ष मुक्तानले बताए ।टोलबाट सुरु भएको बाजा बजाउने काम अब पालिका हुँदै जिल्लामा पनि कैलाशको मगर बाजा प्रख्यात हुनुपर्ने उनले बताए । कतै मगरहरु हिन्दु छन् भने कतै बौद्ध धर्मावलम्बीहरु छन् । धर्म साझा हो तर विभेद भएको पाईन्छ ।

तीन तहको सरकार छ, सडक विस्तारको काम धमाधम भइरहेको उनले बताए । केही सडकका क्षेत्रमा आइई पास नभएकोले समस्या उत्पन्न भएको बताए । स्थानीय सरकारमा सबै अधिकार नभएकोले पनि समस्या भएको अध्यक्ष मुक्तानले बताए ।
कार्यक्रम पालिका उपाध्यक्ष बालकुमार मल्लले मगरबाजा बजाउन बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई रोक्न पञ्चेबाजाका सामाग्रीहरु प्रदान गरेर गाउँमै बाजा बजाउने व्यवस्थापन गरिएको बताए । कला र संस्कृति जगेर्नामा मगर समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै समाजमा भएका विकृति विसङ्गतिलाइ हटाउँदै अघि बढ्न आग्रह गरेका थिए । आफ्नो जात, धर्म र परम्परामा राजनीति पार्टीको दबदबा रहनु नहुने समेत उपाध्यक्ष मल्लले बताए ।

कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले आफू तामाङ समुदायको भए पनि मगर समुदायको कला संस्कृति, रहन सहन मनपर्छ । मगरको उद्गम स्थल पश्चिमका पहाडी जिल्ला हुन तर अहिले देशका विभिन्न भागमा मगर समुदायको विस्तार भएको छ । मिश्रित रुपमा बसोबास हुँदै अहिले सबै सङ्ग मिलेर बसोबास गरिरहेको अवस्था रहेको वडाध्यक्ष घिसिङले बताए । मगर समुदायको मुख्य पर्व माघे सङ्क्रान्ति हो भने हामीले मान्ने भनेको फागुन १५ को दिवसलाइ भव्य मनाउने गरेको सङ्घका अध्यक्ष तुलराज दर्लामीले बताए । भाषा र लिपी ओझेलमा परेको अवस्था रहेछ, भाषा संरक्षणमा सबै क्षेत्र लाग्नुपर्ने बताए । हामी हिन्दु भन्दा पनि बौद्घ धर्मावलम्बी रहेको ईतिहास समेत रहेको उनले बताए ।

Advertisement 5

कार्यक्रममा कैलाश वडा २ का वडाध्यक्ष तथा सामाजिक विकास सिमितका संयोजक राजेन्द्र घिसिङ, मगर सङ्घ जिल्ला सदस्य खड्गबहादुर रुचालमगर, आादिबासी जनजाति महासङ्घ मकवानपुरका सहसचिव तीलकबहादुर आलेमगर, वडा नम्बर ६का वडा सदस्य शम्भु अर्याल र जीतबहादुर थिङ, मगर सङ्घका गाउँसमितिका सल्लाहकार प्रेमबहादुर रानामगर, नेपाली काङ्ग्रेसका वडा ६ सभापति कृष्णबहादुर मोक्तान, नेकपा माओवादी केन्द्रका पालिका सचिव सुरेश घिमिरे, मगर सङ्घ गाउँ समितिका सचिव केशव थापामगर बाजा प्रशिक्षक महेन्द्र नेपाली लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ओम नमो बुद्ध मगर नौमति बाजा समूहको प्रस्तुति रहनुका साथै स्थानीय कलाकारहरु मगर नृत्य प्रदर्शनी गरिएको थियो । सोहि अवसरमा गाउँपालिकाको आर्थिक सहयोगमा ॐ नवोबुद्ध नौमति बाजा समूहलाई हार्मोनियम १ थान, किवोर्ड १ थान, टोपी २० थान, गितार १ थान, टेम्पो १ थान, ढोलक १ थान, बाँसुरी २ थान, मजिरा १ थान, मादल २ थान, सानो मगर ड्रेस १ थान, घलेक २० थान, नरसिंहा ४ थान, सनई २ थान, नौमति ड्रेस २३ थान, क्याप २३ थान, खैजेडी २ थान लगायतको सामाग्री प्रदान गरिएको थियो । गाउँपालिकाको आयोजनामा मगर समुदायका युवा पुस्तालाई समेट्दै १ महिने पञ्चेबाजा तालिम प्रदान गरिएको थियो । तालिममा सहभागीहरुलाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *