‘मेरो फोहोर मेरो जिम्मेवारी’ अभियान हेटौंडामा सुरु

हेटौंडा, विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा ‘मेरो फोहोर मेरो जिम्मेवारी’ अभियानको कार्यक्रम हेटौंडामा सुरु भएको छ । सामुदायिक विकास तथा सचेतना नेपाल र बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको आयोजनामा हेटौँडा उपमहानगर पालिका, टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा अभियानको सुरुवात भएको हो ।

ADVERTISEMENT

हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले वातावरण संरक्षणमा अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले उपमहानगरपालिकाले अभिभावकत्व प्रदान गर्ने बताए । हेटौंडा १० का अध्यक्ष फुर्वा लामाले मेरो फोहोर मेरो जिम्मेवारी बुझाउन सके मात्र फोहोर मैलाले सार्थकता पाउने बताए ।

कार्यक्रमको अन्त्यमा बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको प्रधानाध्यापक तथा कार्यक्रमका सभाध्यक्ष विनोद सुवेदीले मानव जातीको संरक्षणका लागि पर्यावरण जोगाईराख्नु पर्ने भएकोले पर्यावरण बचाउन स्थानिय पाठ्यक्रममा कक्षा १ देखि नै मेरो फोहोर मेरो जिम्मेवारी भन्ने बारेमा बुझाउन आवश्यक रहेको बताए ।

बालजागृति विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षतामा भएको यस कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वातवारण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं १० का वडाअध्यक्ष फुर्वा लामा, सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सीना, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारी र विद्यालयका सहायक प्रधानाध्यापक अमुल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *