फाल्गुन २४ गते थाहानगरमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

हेटौंडा, यही फाल्गुन २४ गते शनिबार थाहा नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम आयोजना हुने भएको छ।

ADVERTISEMENT

मनमोहन शिक्षणअस्पताल स्वयम्भु र पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त रुपमाआयोजनामा हुने उक्त शिविरमा अस्पतालका सिनियर सर्जन डा.मुजः श्रेष्ठको नेतृत्त्वमा डा.मनोर दिन सैयद (स्त्री तथा प्रसुती) ,डा.निराजन सुबेदी (हाडजोर्नी तथा नशा), डा.इबराज सिम्खडा (फिजिसियन/रेडियोलोजीं), डा.दिबित अधिकारी (नाक,कान,घाटी),डा.राजेन्द्र ढुंगाना (जनरल मेडिसिन),पदम खड्का (फार्मेसी),सन्जिब गिरी (फार्मेसी), सुनिला श्रेष्ठ (नर्सिंगसहितको टोलि रहने अस्पतालका कार्यकारी निर्देशक डा. एनशर्माले जानकारी दिएका छन्।

शिविरमा सेवा लिने महानुभावहरुलाई थप उपचार र अनुसन्धानको लागि मनमोहन अस्पतालमा बिशेष छुट को व्यवस्था समेत हुने आयोजक पालुङ बहुउद्देश्यीय सहकारीले जनाएको छ। संस्थाले मनमोहन अस्पताल संगको सहकार्यमा विभिन्न समयमा शिविर संचालन गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *