केपी ओली टी–२० कप: बागमती प्रदेश सेमिफाइनलमा

हेटौंडा, लगातार दोस्रो जितसहित बागमती प्रदेश केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज शुक्रवार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९० रनले हरायो ।

ADVERTISEMENT

बागमतीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको कर्णाली १७ ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन बनाए । बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामिछानेले ४ र दिपेश श्रेष्ठले २ विकेट लिए ।

यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनायो । बागमतीका रित गौतमले ८२ र ईशान पाण्डेले ७० रन बनाए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।

यसअघि हिजो बिहीवार भएको खेलमा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ टोलीलाई १ सय ९ रनले हराएको थियो । बागमती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगेको हो ।

हिजोदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya