हेटौंडा, काठमाडौंमा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औँ राष्ट्रिय महाधिवेशनमा मकवानपुरका आशिष श्रेष्ठ केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।
७७८ मत प्राप्त गर्दै श्रेष्ठ केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले जानकारी दिनु भयो । यसैगरी प्याव्सन नेपालको केन्द्रीय सहकोषाध्यक्षमा मकवानपुरका ग्रेस श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।
प्याव्सन नेपालको १६ औँ राष्ट्रिय महाधिवेशनबाट कृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।






