ट्याटु सम्मेलनमा हेटौंडा निश्चल ‘बेष्ट अफ द शो’ घोषित

हेटौंडा, ललितपुरको हेरिटेज गार्डेनमा भएको ११ औँ नेशनल ट्याटु सम्मेलनमा हेटौंडाका ट्याटु आर्टिष्ट निश्चल श्रेष्ठ बेष्ट अफ द शो घोषित भएका छन् ।

ADVERTISEMENT

काठमाडौंमा तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा हेटौंडाका निश्चलले नेवारी परम्पराअनुसार गणेशका ट्याटु खोपेर कला प्रदर्शन गरेका थिए ।

सम्मेलनमा नेपालका साथै विदेशका ट्याटु आर्टिष्टको सहभागिता रहेको थियो । सम्मेलनमा ट्याटु आर्टिष्टहरुले विभिन्न प्रकारका ट्याटु खोपेर कला प्रदर्शन गरेका थिए । श्रेष्ठले विगत १० वर्षदेखि ट्याटु हानीरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *