विजयकुमार श्रेष्ठको नेतृत्वमा चौघडा सहकारी संस्था

हेटौंडा/हेटौडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विजयकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको १४ औँ वार्षिक साधारणसभा बाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा त्रिविक्रम मानन्धर, सचिवमा अर्जुन प्रसाद हुमागाई, सहसचिवमा ईश्वर बानियाँ र कोषाध्यक्षमा सुभद्रा आचार्य चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दीपक दास श्रेष्ठ, बद्री बहादुर राई, अमुना सापकोटा, रामचन्द्र अधिकारी, तारानाथ चौलागाई, पुष्पा जोशी, रविकुमार चौलागाई, र राजकुमार कायस्थ सर्वसम्मत चयन भएका हुन् । सहकारी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुवोध भट्टराई र सदस्यहरुमा कृष्ण बहादुर मानन्धर र विजय कुमार हुमागाई चयन भएका छन । सभामा संस्थाका अध्यक्ष श्याम प्रसाद श्रेष्ठले संस्थागत प्रतिववेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले आर्थिक वर्ष २०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदन र लेखा सदस्य कृष्ण बहादुर मानन्धरले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । भेलामा उत्कृष्ठ बचतकर्ता तर्फ रिता गुरुङ, शान्तिदेवी राई, लक्ष्मी कुमारी भण्डारी,असली कारोवारी तर्फ उर्मिला सार्की, सुनिता कुमारी पुडासैनी र भवन निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्थाका सचिव अर्जुन प्रसाद हुमागाई, कोषाध्यक्ष त्रिविक्रम मानन्धर र सञ्चालक सदस्य ईश्वर बानियाँलाई सम्मान गरिएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय महासंघकी सञ्चालक सदस्य विद्या कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

२ हजार ५ सय ७५ जना शेयर सदस्य रहेको सहकारी संस्थाको २०७९ असार मसान्त सम्ममा शेयर पूँजी २ करोड ७३ लाख, निक्षेप २५ करोड १७ लाख, ऋण लगानी २६ करोड, जगेडा कोष २ करोड ४ लाख, अन्य कोष ९० लाख रहेको संस्थाका प्रवन्धक राजेन्द्र धितालले जानकारी दिए । कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय बिडारी, जनकल्याण सहकारीका उपाध्यक्ष श्याम प्रसाद भट्टराई, नौलो विहानी कृषि सहकारीका उपाध्यक्ष डोर बहादुरअधिकारी, बंशगोपाल माविका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, रानी सामुृदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने,संस्थाका सल्लाहकार साधुराम चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button