हेटौंडामा युवा उत्प्रेरणा तथा क्षेमता अभिवृद्धि कार्यक्रम सम्पन्न

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा शनिबार हेटौंडामा युवा उत्प्रेरणा तथा क्षेमता अभिवृद्धि कार्यक्रम भएको छ।

ADVERTISEMENT

युवाहरूको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास, नेतृत्वदक्षता, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्वका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको व्यवस्थापनमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो ।

अन्तराष्ट्रिय उत्प्रेरक सिमोन न्यौपाने र नवराज फुयाँलले कार्यक्रम सहजीकरण गरेका थिए । कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। यसैगरी विद्यावारिधि उपाधि हासिल गर्नु भएका पाँच जनालाई आज कार्यक्रममा सम्मान गरेको थियो । कार्यक्रममा हेटौंडा–११ वडाध्यक्ष जुना दाहाल, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *