हेटौंडा, हेटौँडा–१५ मा रहेको दिव्यसेवा निकेतन वृद्धाश्रमलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेको छ । मिस्टर नेपाल २०२४ का सेकेण्ड रनरअप मकवानपुरका आयुष बम्जनको नेतृत्वको टोलीले आयोजना गरेको ‘म्युजिक फर कज’ कार्यक्रमबाट बचेको रकम मङ्गलबार बृद्धाश्रमलाई सहयोग गरेको हो ।

कार्यक्रमममा सहभागी म्युजिसियनको शुल्क र रकम थप गरी बृद्धाश्रमलाई सहयोग गर्ने प्रतिबद्धता अनुरुप नै हस्तान्तरण गरिएको बम्जनले बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, नेक्स्ट मोडल नेपालका सिइओ रवि धमला, नासा नेपालका सचिव आशिष मान, मिस टिन हेटौंडा २०१० पुजा श्रेष्ठ, दिव्यसेवा निकेतनका केदार न्यौपाने, निकेतनका संस्थापक टीआर निरौला लगायतको उपस्थिती थियो । फागुन २४ गते हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा म्युजिक फर कज कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा एकसय बढी बाद्यवाधकले सामुहिक रुपमा आफ्नो सांगीतिक प्रश्तुती दिएका थिए । मिस्टर नेपाल २०२४ का सेकेण्ड रनरअप आयुष बम्जनको नेतृत्वमा कार्यक्रमको आयोजना भएको थियो ।







