हेटौँडा, मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले ३३ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा तीनदिवसीय कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमको पहिलो दिन आज हेटौडास्थित दिव्य सेवा निकेतनका जेष्ठ नागरिकहरूलाई खाद्यान्न वितरण गरिएको छ।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा राष्ट्रिय सभाका पूर्व माननीय केदार न्यौपाने प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौडा उपमहानगरपालिका १५ नम्बर वडाका अध्यक्ष सुनिल मोक्तान, हेटौडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारी र जिल्ला समन्वय पूर्व उपप्रमुख भगवती पुडासैनी लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा फाउन्डेसनका कोषाध्यक्ष गोकर्ण तिवारी र जेष्ठ नागरिक दिव्य सेवा निकेतनका उपाध्यक्ष सुनिता वाइबाबीच खाद्यान्नको भरपाइमा हस्ताक्षर गरिएको थियो ।
खाद्यान्नमा चामल ३३ बोरा, पिठो ४५ केजी, सुजी २० केजी, तेल ५ लिटर, नुन २० केजी, चिनी १५ केजी, बिस्कुट तीन कार्टुन, आलु २० केजी र हरियो तरकारी ३० केजी रहेका थिए।
फाउन्डेसनका सचिव कुमार केसीका अनुसार, कार्यक्रममा जेष्ठ नागरिक दिव्य सेवा निकेतनका प्रमुख संरक्षिका महात्मा सुनिता वाइजी, दिव्य सेवा निगमका उपाध्यक्ष बोलबहादुर कार्की, हेटौडा आयुर्वेद अस्पतालका अध्यक्ष अर्जुन ढकाल, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, दिव्य सेवा निकेतनकी उपाध्यक्ष शुभ लक्ष्मी वाइबा, फाउन्डेसनका उपाध्यक्ष धर्म बस्नेत, उपसचिव चन्द्रावती पनेरु, कोषाध्यक्ष गोकर्ण तिवारी लगायत स्थानीय युवा र फाउन्डेसनका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्मृति दिवस अन्तर्गत दोस्रो कार्यक्रमको रूपमा जेठ २ गते मकवानपुर बहुमुखी क्याम्पसमा ूजनताको बहुदलीय जनवादस् राष्ट्र निर्माणको आधारू विषयमा बहस कार्यक्रमको आयोजना गरिने भएको छ। त्यसैगरी, जेठ ३ गते हेटौडा(९ स्थित दिव्य स्वाल उद्यानमा श्रद्धाञ्जली सभा आयोजना गरिने फाउन्डेसनका सचिव कुमार केसीले जानकारी दिए।






